१२ सयले गराए कोरोना परीक्षण, १७ जना ‘रेड जोन’मा

१२ सयले गराए कोरोना परीक्षण, १७ जना ‘रेड जोन’मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९) को आशंकामा शुक्रबारसम्म १ हजार २७७ को परिक्षण गरिएको जनाएको छ । देशभर १२० जना कोरोनाको आशंकामा आइसोलेसनमा छन् ।

धरान, पोखरा, हेटौँडा, जनकपुर र सुर्खेतमा परिक्षणको काम भइरहेको छ । बुटवलमा भने कोरोना परिक्षणको पोर्टेबल पीसीओरा जोड्ने काम भइरहेको छ ।

काठमडौँ उपत्यकामा १५ जना आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । देवकोटाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि नभएको पनि स्पष्ट पारे ।

देवकोटाले संक्रमित ६ को स्वास्थ्य स्थिति सामान्य भएको बताएका छन् । पछिल्लो कोरोना संक्रमित महिलाको ट्रेसिङ सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको मोबाइल एप्समा कोरोना परिक्षणका लागि पाँच हजार ६२६ ले फारम भरेका छन् । त्यसमध्ये एक सय ७ जना रेड जोनमा रहेको प्रवक्ता देवकोटाले बताए ।