कामना सेवाको सञ्चालक समितिको बैठक भिडियो कन्फेरेन्सबाटै

कामना सेवाको सञ्चालक समितिको बैठक भिडियो कन्फेरेन्सबाटै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कामना सेवा विकास बैंकको सञ्चालक समितिको २ सय ८९ औं बैठक विद्युतीय प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्समार्फत् आयोजना गरिएको छ । बैंकको सञ्चालक समितिले इतिहासमा यो पहिलो डिजिटल बैठक बसेको हो ।

नियमित बैैठकबाहेक सञ्चालक समितिले हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदीप आचार्यले जानकारी दिए ।

बैंकले केही समयअघि मात्र आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमबाट भिडियो कन्फरेन्स गरी सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । यो बैंकलाई डिजिटाइजेसन र अटोमेसनको पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गाको रूपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रवीण बस्नेतले बताए ।

गत कात्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन समुद्घाटन समारोहमा अर्थमन्त्री युवराज खतिवडाले एकै दिन ५० वटा शाखाको डिजिटल माध्यमबाट अनावरण गरेका थिए ।

बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले ग्राहकलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पीडामा परेका गरिब तथा असहाय व्यक्तिका परिवारको दैनिकी सञ्चालन तथा सहजीकरणका निमित्त वडा, गाउँपालिका तथा नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन दिएको छ ।

यसैगरी, मानिसहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित जनावरहरूमा समेत खाने तथा पिउने पानीको समस्या परेको कुरा विभिन्न सञ्चारमाध्यमद्वारा जानकारीमा आएको हुँदा त्यस सम्बन्धमा समेत सक्दो सहयोग गर्न बैंक व्यवस्थापनलाई सञ्चालक समितिले निर्देश गरेको छ ।