कुमारी बैंकको बिगमार्ट र दराजसँगको १० प्रतिशत छुट प्रावधान

कुमारी बैंकको बिगमार्ट र दराजसँगको १० प्रतिशत छुट प्रावधान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी, कुमारी बैंक लिमिटेडले दराज मार्फत बिगमार्टमा खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १०% सम्मको आकर्षक छुटको प्रावधान गरेको छ ।

सो सहमति पश्चात् कुमारी बैंकका डेबिट-क्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराज मार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटल-अनलाइन बैंकिंग सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।