भारतमा काेराेना भाइरस संक्रमण : ४० भन्दा कम उमेरका बढी

भारतमा काेराेना भाइरस संक्रमण : ४० भन्दा कम उमेरका बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा हालसम्म प्राप्त कोरोना संक्रमितमा आधा भन्दा बढी ४० भन्दा कम उमेरका रहेका छन् । यसको चपेटमा आएका ४२ प्रतिशत संक्रमित २१ देखि ४० वर्ष उमेरका रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

९ प्रतिशतको उमेर शून्यदेखि २० वर्षबीच रहेको छ । यद्यपि आजसम्म भारतमा जुन ६८ प्रतिशत मानिसको मृत्यु भएको छ, उनीहरुमध्ये धेरै ६० वर्ष उमेर माथिका थिए । उनीहरुमा मधुमेह, मिर्गौला, मुटु, उच्च रक्तचाप जस्ता रोग पहिलेदेखिनै थियो । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभरीमा कोरोना ० देखि ६ तथा ६० भन्दा माथिका मानिसमा सर्वाधिक घातक देखिएको छ । मन्त्रालयका सह सचिव लभ अग्रवालले भने,“३३ प्रतिशत संक्रमित ४१ देखि ६० वर्षको बीच छन् । जुन दोस्रो सर्वाधिक ठूलो समूह हो । जबकि १७ प्रतिशत ६० वर्ष भन्दा बढी उमेरका मानिस छन् ।”

मन्त्रालयका अनुसार देशमा ५८ प्रतिशत संक्रमितको अवस्था अत्यन्त गम्भीर रहेको छ । यी बिरामीमा अधिकांश ६० वर्ष भन्दा माथिका थिए र उनीहरुमा पहिलेदेखिनै कुनै न कुनै रोग थियो । केन्द्र सरकारले ज्येष्ठ नागरिकलाई सत प्रतिशत सल्लाह मान्न अपील गरेको छ ।