बेलायती प्रधानमन्त्रीलाई कोरोनाको संक्रमण, अस्पताल भर्ना

बेलायती प्रधानमन्त्रीलाई कोरोनाको संक्रमण, अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसको संक्रमण भएपछि प्रधानमन्त्री बोरिस जोनसन अस्पतालमा भर्ना भएका छन् । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि उनी केही परीक्षण गराउनका लागि अस्पताल भर्ना भएका हुन् ।

१० दिन पहिले बोरिस जोनसनमा कोरोनाभाइरसको संक्रमण पाइएको थियो । उक्त समयदेखि उनी आइसोलेसनमा बस्दै आएका थिए ।

यद्यपि उनले आइसोलेशनबाट नै मन्त्रिपरिषद्को बैठक सञ्चालन गर्दै आएका थिए । तर उनमा कोरोनाभाइरसको संक्रमणको लक्षण लगातार देखिँदै आएको थियो ।