एजेन्सी – कोरोना भाइरसको महामारीका कारण विश्वभरीमा १ महिना भन्दा कमको अवधिमा ४ अर्ब मानिस घरमै कैद भएका छन् ।
जोन हपकिन्स युनिभर्सिटीको एक रिपोर्टअनुसार लकडाउन र कफ्र्यूले विश्वमा ३.९ अर्ब मानिस घरमै बस्नका लागि बाध्य छन् । यो विश्वको कुल जनसंख्याको आधा भन्दा पनि बढी हो ।
विश्वमा कोरोनाको ६ मार्चमा १ लाख नाघेको थियो । अप्रिल ५ मा दिउँसो २ बजेसम्म विश्वभरीका करीब १२ लाख कोरोनाभाइरसको रिपोर्ट आइसकेको छ ।
करीब साढे २ लाख मानिसलाई निको भएको छ । ६९ हजार को मृत्यु भइसकेको छ । यससँग जुझ्नका लागि विश्वका सबै मुलुकले आ–आफ्नै प्रयास गर्दै आएका छन् ।
इन्डिया टुडे इन्टेलिजेन्स यूनिट (डीआईयू) ले १८० देश (जुल पानी जहाज) को डेटा विश्लेषण गरेको छ । डीआईयूले यी देशले लकडाउन लागू गरेको छ वा छैन भन्ने पनि जाँच गरेको छ ।




प्रतिक्रिया