लकडाउन उल्लंघन गर्ने स्कटल्यान्डकी प्रमुख स्वास्थ्य अधिकारीद्वारा राजीनामा

लकडाउन उल्लंघन गर्ने स्कटल्यान्डकी प्रमुख स्वास्थ्य अधिकारीद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसको लकडाउन चलिरहेको समयमा आफ्नो दोस्रो घर सम्म दुई पटक आवज जावत गरेकी स्कटल्यान्डकी प्रमुख स्वास्थ्य अधिकारीले राजीनामा दिएकी छन् ।

क्याथरिन कालडेरवुडले आफ्नो कदमप्रति माफी समेत मागेकी छिन् । उनलाई मन्त्री निकोला स्टुरजनको समर्थन रहेको थियो । उनले कालडेरवुडले गल्ती गरेको तर पदमा रहिरहनका लागि भनेका थिए ।

डा. काल्डेरवुडले आइतबार पछि विज्ञप्ति निकाल्दै आफू पदबाट हटेको बताएकी थिइन् । मन्त्रीसँग कुराकानी गरेपछि आफूले पदबाट राजीनामा दिएको उनले बताएकी छन् ।

आफ्नो कदमले महामारीप्रतिको सजगताका लागि बनाइएको सामाजिक दूरीमा जोखिम उत्पन्न भएको उनले स्वीकार गरेकी छन् । स्कटिस सनले उनको तस्बीर प्रकाशित गरेपछि कालडेरवुडलाई सुरुमा प्रहरी चेतावनी जारी गरिएको थियो ।

उनले सर्वसाधारणलाई कोरोनाबााट जोगिनका लागि घरमै बस्नका लागि टिभी र रेडियोबाट समेच बोलेकी थिइन् ।