मन्त्रिपरिषदको वैठक : लकडाउन ८ दिन थप, राष्ट्र वैंकको गर्भनरमा अधिकारी नियुक्त

मन्त्रिपरिषदको वैठक : लकडाउन ८ दिन थप, राष्ट्र वैंकको गर्भनरमा अधिकारी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं -सरकारले लकडाउन ८ दिनका लागी थप गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको वैठकको वैशाख ३ सम्म लकडाउनको समयाअवधी थप गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले लगानी वोर्डका सिईयो महाप्रसाद अधिकारीलाई राष्ट्र वैंकको गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयां गभर्नरका लागि तीन जनाको नाम सिफारीस गरेको थियो । समितिले केशवप्रसाद भट्टराइ, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेकोमा सरकारले अधिकारीलाई गर्भनर बनाउने निर्णय गरेको हो । अधिकारी प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।