प्रधानमन्त्रीलाई सांसदले टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउनुपर्छः गगन थापा

प्रधानमन्त्रीलाई सांसदले टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउनुपर्छः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रविधिका माध्यमबाट प्रधानमन्त्री तथा मन्त्रीहरुसँग सांसदको प्रश्नोत्तरको व्यवस्था मिलाउन माग गरेका छन् ।

बेलायतमा संसदीय समितिहरू कोरोना भाइरसको महामारीमा टाढैबाट (अनलाइन मार्फत) काम गरिरहेको तथा संसद पनि त्यसैअनुसार चलाउन आवाज उठिरहेका बेला गगनले ’भर्चुअल संसद’को माग गरेका हुन् ।

थापाले प्रविधिको प्रयोग गरेर संसद नै चलाउन नसके पनि कम्तिमा संसदीय समितिहरुले काम प्रारम्भ गर्नुपर्ने धारणा राखेका छन् ।

त्यसैगरी ती समितिमार्फत सरकारले विपत्तिको मौकामा गर्न खोजेका वेथितिविरुद्ध प्रधानमन्त्रीलाई सांसदले टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउन अत्यावश्यक भैसकेको बताएका छन् ।

‘हाम्रोमा पनि प्रविधिको प्रयोग गरेर संसद चलाउन नसके पनि कम्तिमा संसदीय समितिहरुले काम गर्न प्रारम्भ गर्नुपर्छ । अनि प्रधानमन्त्रीलाई सांसदले टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउन अत्यावश्यक भैसकेको छ’, थापाले ट्वीटरमा लेखेका छन् ।