कालिमाटीले फिर्ता पठाएको भारतीय तरकारी गाडी जडिबुटीमा पक्राउ

कालिमाटीले फिर्ता पठाएको भारतीय तरकारी गाडी जडिबुटीमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतबाट आएको अवैध तरकारी जडिबुटीमा पक्राउ परेको छ । सरकारले लकडाउन गरेसँगै बजारमा भारतबाट अवैध रुपमा तरकारी भित्रिएको हो । कालिमाटी तरकारी बजारले फिर्ता पठाएको भारतीय तरकारी गाडी आज मनहरा कृषि बजारमा खसाल्न खोज्दा पक्राउ गरिउको हो ।

सर्लाही, काभ्रे, नुवाकोट आधिकांश जिल्लाहरुबाट तारकारिहरु, दुध, माछामासु ईत्यादी ढुवानी नभएर नष्ट गरेको अवस्थामा अवैध रुपमा भारतबाट तरकराी भित्रिएपछि सरकारको ध्यान आकर्षित हुनुपर्ने स्थानीय तरकारी व्यवसायीहरुले बताएका छन् ।कोरोनाको महामारी फैलिरहेका बेला भारतबाट अवैध तरकारी आउन थालेपछि नेपालमा थप चिन्ता थपिएको ।

अब पनि जडिबुटीका तरकारी बजारले भारतबाट आएको तरकारी खसाले जडिबुटीका स्थानीय बासिन्दा र संघसंस्था मिलेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।