विदेशबाट फर्किएका नेपालीलाई क्‍वारेन्टाइनमा राख्‍न सर्वोच्चको आदेश (पूर्णपाठसहित)

विदेशबाट फर्किएका नेपालीलाई क्‍वारेन्टाइनमा राख्‍न सर्वोच्चको आदेश (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले विदेशबाट फर्किएका नेपालीहरुलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍न सरकारलाई आदेश दिएको छ ।

अधिवक्ताहरुले दायर गरेको रिट निवेदनको एकमुष्ट सुनुवाइ गर्दै सोमबार सर्वोच्चले विदेशबाट सबै क्‍वारेन्टाइनमा नबसेको पाइएकाले स्थानीय तहमार्फत उनीहरुको खोजीनीति गर्दै क्‍वारेन्टाइनमा राख्न भनेको छ ।

सर्वोच्चले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्‍वारेन्टाइन बनाउन र राहत वितरणमा पारदर्शी गर्न सरकारका नाममा आदेश दिएको हो । दुर्गममा कोही संक्रमित भएमा र उपचार गर्नुपर्ने भएमा हेलिकप्टरको बन्दोबस्त गरेर समेत अस्पतालसम्म पु‍र्याउन अदालतले भनेको छ ।

त्यस्तै अदालतले कृषि क्षेत्रमा काम गर्ने किसानको स्वास्थ्यमा ध्यान दिन अदालतले आदेश दिएको छ ।