कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको अवस्था गम्भीर, आईसीयूमा सारियो

कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको अवस्था गम्भीर, आईसीयूमा सारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोनाभाइरसको लक्षण गम्भीर बन्दै गएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ ।

‘आइतबार साझदेखि प्रधानमन्त्री लन्डनमा रहेको सेन्ट थोमस हस्पिटलमा चिकित्सकहरुको निगरानीमा रहदै आएका छन्’, डाउनी स्ट्रिटका प्रवक्ताले विज्ञप्तिमा बताए ।

‘दिउँसोसम्म प्रधानमन्त्रीको अवस्था झनै खराब भएको थियो । चिकित्सा टोलीको सल्लाहमा उनलाई अस्पतालमा सघन उपचार कक्षमा सारिएको छ,’ प्रवक्ताले बताए ।

५५ वर्षीय जोनसनले मार्च २७ मा आफूमा कोरानाभाइरसको मन्द लक्षण देखिएको घोषणा गरेका थिए । यसमा शरीर तातो भएको र खोकी लाग्ने लगायतका लक्षण देखिएको थियो ।

जोनसन अस्पतालमा भएको अवस्थामा प्रधानमन्त्रीको कार्यभार अस्थायी रुपमा विदेश सेक्रेटरी डोमिनिक राबले सम्हाल्ने सरकारले जनाएको छ ।