काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको संक्रमण फैलिन नदिन परीक्षणको दायरा बढाउनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरबाट पूर्वराजा शाहले संक्रमणको त्रासका कारण जनमानसमा अन्योल एवम् भयको अवस्था सिर्जना भएको र यस अवस्थालाई सहज बनाउन सरकारले उपयुक्त स्वास्थ्य सुरक्षा अपनाउनुका साथै परीक्षणलाई तीव्र बनाउनु जरुरी रहेको उल्लेख गरेका छन् ।
शाहले भनेका छन्, ‘आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यकर्मी, सुरक्षा निकाय एवं निस्वार्थ जनसेवामा जुट्ने सम्पूर्ण व्यक्तिहरुलाई सरकारले हरसम्भव सुरक्षित राख्नु अनिवार्य हुन्छ । संकटको यस घडीमा स्वास्थ्यकर्मी लगायतका सबैको हौसला बढाउने नीति अख्तियार गर्नु सरकारको दायित्त्व हो ।’




प्रतिक्रिया