भ्रष्ट्राचारविरुद्ध सरकार निर्मम बन्छः प्रधानमन्त्री ओली

भ्रष्ट्राचारविरुद्ध सरकार निर्मम बन्छः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भ्रष्ट्राचारविरुद्ध सरकार निर्ममताका साथ प्रस्तुत हुने चेतावनी दिएका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संकटका बेलामा सरकारलाई असफल बनाउन भ्रष्टाचारको गलत आरोप लगाइएको बताएका छन् ।

‘भ्रष्टाचार र अनियमिताको आरोप सरकारलाई असफल देखाउन र आफ्नो निहीत स्वार्थ पूरा गर्न गरिने प्रयास बेमौसमी बाजा मात्रै हो’, उनले भने, ‘कामै गर्न नदिने गरी निराधारा आरोप लगाउनु हुँदैन । मिडिया र सामाजिक सञ्जालमा आउने टिप्पणीमा मेरो ध्यान गएको छ ।’

उनले भ्रष्टाचार भएको देखिए सरकार निर्मम बनेर कारवाहीका लागि तयार रहेको बताए । ‘भ्रष्टाचारजन्य कुरा देखिएमा सरकार निर्ममतापूर्वक कारवाही गर्न तयार छ’, उनले भने, ‘सरकारका काम विवादमा आउनु हुँदैन । सुशासनका मानकमा प्रश्न उठनु हुँदैन । तर सरकारलाई असफल बनाउने नाममा नभएका कुरा कसैले उछाल्नु गलत हो ।’

ओलीले भने, ‘९ जनामा संक्रमित देखिए पनि हामी उच्च जोखिममा छौं । सावधानी अपनाएनौं भने भयावह स्थिति हुनसक्छ ।’

ओलीले लकडाउनले महामारी फैलिन नदिने अभियानमा ठूलो सहयोग पुगेको बताउँदै लकडाउनको असुविधाप्रति आफू सम्वेदनशील रहेको स्पष्ट पारे ।

‘जेलमा बसेको एकान्तवास बिताएको मैले सहजै लकडाउनबाट सिर्जित समस्या अनुभूति गर्छु,’ उनले भने ।

मित्रराष्ट्रको सद्भाव र अनुसन्धानमुलक संस्थाले हामीले चालेका कदम प्रभावकारी भन्दा कोरोनाको संक्रमणविरुद्धको लडाईमा बल मिलेको ओलीको भनाई छ ।