काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कोरोना संक्रमणको समयमा सरकारको समन्वय कमजोर भएको टिप्पणी गरेका छन्।
अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि ट्वीटरमा प्रतिकृया दिदैं सरकारको समन्वय र चेन अफ कमाण्ड नमिलेको बताएका हुन् ।
अध्यक्ष थापाले ट्वीटरमा भनेका छन्, ‘अझै समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन् । अपवाद बाहेक सरकारको निर्णयरकदमलाई जनताले साथ दिएका छन्,भोलि पनि दिनेछन् ।’
प्रम @kpsharmaoli को सम्बोधन सुनें।सबै बिषय समेटिएका छन्।कोराना महामारी बिरुद्ध सरकारको नीति/कदम ठिक छ।सम्बोधन अनुसार काम पनि होस्।अझै समन्वय कमजोर छ,चेन अफ कमाण्ड मिलेको छैन।अपवाद बाहेक सरकारको निर्णय/कदमलाई जनताले साथ दिएकाछन,भोलि पनि दिनेछन्।राम्रो काम होस् जनताले साथ दिनेछन्
— Kamal Thapa (@KTnepal) April 7, 2020




प्रतिक्रिया