अमेरिकामा एकै दिन १९ सय भन्दा बढीले ज्यान गुमाए, संक्रमितको संख्या ४ लाख नाघ्यो

अमेरिकामा एकै दिन १९ सय भन्दा बढीले ज्यान गुमाए, संक्रमितको संख्या ४ लाख नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- पछिल्लो समय अमेरिका कोरोनाको केन्द्र बन्न थालेको छ । यहाँ  कोरोना भाइरसले संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको छ । जोन हप्किन्स विश्व विद्यालयको तथ्यांक अनुसार अमेरिकामा एकै दिन १ हजार ९ सय ५२ को मृत्यु भएको छ ।

त्यहाँ ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यो अमेरिकामा अहिले सम्मकै उच्च मृत्यु दर हो । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय २३ पुगेको छ भने संक्रमितको संख्या चार लाख ३ सय २३ पुगेको छ । अमेरिकको न्यूयोर्कमा मात्रै एकै दिन पाँच सय भन्दा बढीको ज्यान गएको छ । यसैगरी अर्को प्रभावित मुलुक फ्रान्समा एकै दिन ज्यान गुमाउनेको संख्या १४ सय भन्दा बढी छ ।

यहाँ मृत्यु हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । स्पेनमा १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ भने ११ हजार ५९ जना नयाँ संक्रमित पुष्टि भएको छ । स्पेनमा मृत्यु हुनेको संखाय १४ हजार नाघेको छ ।

इटालीमा संक्रमणबाट मृत्यु हुनेको संख्यामा केहि दिनदेखि कमी आएको छ । इटालीमा सबै भन्दा बढी १७ हजार १ सय २७ जनाले ज्यान गुमाइसकेको छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट मर्नेको संख्या ८२ हजार नाघेको छ भने संक्रमितको संख्या १४ लाख ३० हजार छ ।