बोरिस जोन्सनको स्वास्थ्य अवस्था सामान्य बन्दै

बोरिस जोन्सनको स्वास्थ्य अवस्था सामान्य बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – बोरिस जोन्सनले सपोर्ट बिना सास फेर्न थालेको र निमोनिया पनि नभएको डाउनिङ स्ट्रिटले जनाएको छ । उनको अवस्था गम्भीर भनि फैलिएको हल्लालाई चिर्नका लागि आफू यो विज्ञप्ति जारी गर्नका लागि बाध्य भएको प्रधानमन्त्रीका प्रवक्ताले बताएका छन् ।

स्वास्थ्यको सम्बन्धमा व्यापक चासो देखिए बावजुद जोनसनलाई यान्त्रिक भेन्टिलेटरको आवस्यकता परेको छैन । प्रधानमन्त्रीको अवस्था गम्भीर भएको माइकल गोभले बताएपछि मन्त्रीहरुले उनको सीघ्र सुधारका लागि प्रार्थना गरेका थिए ।

उनी बिरामी भएर कार्यभार सम्हालन नसक्ने अवस्थामा पुगेपछि विदेश मन्त्री डोमिनिक राबले उनको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

जोनसनलाई गत राती सेन्ट थोमस हस्पिटलमा सारिएको र अक्सिजन दिन थालिएको थियो । केबल २ घन्टाको अवधिमा उनको स्वास्थ्य नराम्ररी बिग्रिएको थियो ।

‘रातको समयमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर भएको छ र उनी राम्रो अवस्थामा छन्’, ५५ वर्षीय प्रवक्ताले भने, ‘उनले स्ट्यान्डर्ड अक्सिजनको उपचार पाएका छन् र सहयोग बिना सास फेरिरेका छन् । उनलाई यान्त्रिक भेन्टिलेटर तथा सहयोगी स्वास प्रणालीको आवश्यकता छैन ।’