काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट अनुगमनमा निस्किएका छन् । मन्त्री भट्टसहितको टोलीले कुलेश्वरमा निजी क्षेत्रबाट सञ्चालित प्रमुख खाद्यन्न भण्डारहरुको अनुगमन गरेको थिए ।
अनुगमनका क्रममा मन्त्री भट्टले लकडाउनका बेला व्यवसायीले भोग्नु परेको समस्या र सरकारले गर्नु पर्ने सहजीकरणबारे व्यवसायीसंग छलफल गरेका थिए । मुलुकको संकटपूर्ण अवस्थामा सरकारलाई सहयोग गर्न आग्रह गर्दै मन्त्री भट्टले अनुचित कार्यलाई सरकारले हदैसम्म निरुत्साहित गर्ने बताएका थिए ।
श्रमिकका लागि पास नहुँदा ढुवानीमा समस्या भएको गुनासो व्यवसायीले मन्त्रीलाई गरेका थिए । खाद्य वस्तुको मौज्दात राम्रो रहेको, स्थानीय उत्पादन पनि बजारमा आएको र आयातमा समस्या नभएको व्यवसायीले मन्त्रीलाई जानकारी गराएका थिए ।




प्रतिक्रिया