काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले कोरोना भाइरसको दोस्रो चरणमा आइपुग्दा सरकारको तयारी पूरा नभएको बताएकी छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. संग्रौलाले तेस्रो चरणको लकडाउन सुरु हुँदा पनि संक्रमण रोक्न सरकारको तयारी अपूर्ण रहेको भन्दै असन्तुष्टी जनाएकी छन् ।
‘स्वास्थ्य सामाग्री पिपिई, किट्सहरु पर्याप्त नहुँदा क्वारेन्टाइनमा बसेका मानिसको चेकिङमा जान डाक्टरहरु डराए । नेपाल सरकारले ल्याएका पिपिआई र किट विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएको हो कि होइन ? त्यसले गरेर त्रसित वातावरण निर्माण भएको छ’ उनले भनिन् ।
उनले कोभिड – १९ को स्वास्थ्य सामग्री प्रयोग गर्ने दक्ष जनशक्ती पर्याप्त नभएको भन्दै सराकरलाई दक्षजनशक्ती उत्पादन गर्न सरकारसँग माग गरेकी छन् ।
‘स्वास्थ्य सामग्री प्रयोग गर्ने दक्ष जनशक्ती छैन् । उनीहरुलाई विशेष तालिमको व्यवस्था हुनुपर्छ’, उनले भनिन् ।
सांसद संग्रौलाले क्वारेन्टाइनमा बसेकाहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्डविपरित राखेको भन्दै आपत्ति जनाएकी छन् । उनले मापदण्डविपरित बिरामी राख्दा कोरोनाको संक्रमण फैलिने जोखिम बढेको बताइन् ।
त्यस्तै सांसद संग्रौलाले चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेकी छन् । सांसद संग्रौलाले प्रधानमन्त्री केपी शर्मा अोलीले गरिब र मजदुरका लागि कुनै प्याकेज नल्याएको बताइन् ।
प्रधानमन्त्री अोलीले मंगलबार देशवाशीका नाममा सम्बोधन गरेका थिए । सांसद संग्रौललो भारतीय सीमामा अलपत्र परेको नेपालmीको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन् । त्यस्तै उनले विदेशमा काम गरिरहेका नेपालीको अवस्था बुझेर समस्यामा परेका नेपालीलाई तत्काल उद्धारका कार्य गर्न सरकारसँग माग गरेकी छन् ।




प्रतिक्रिया