काठमाडौं – सरकारले शुक्रबार र शनिबार काठमाडौं बाहिर जान दिने विषयमा गरेको निर्णय उल्ट्याएको छ ।
सरकारले लकडाउन जारी रहेकै बेला भोलि र पर्सी काठमाडौंबाट बाहिरिनेहरुका लागि जान दिने र काठमाडौं आउन भने नदिने निर्णय गरेको थियो । बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।
उच्चस्तरी समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले यस विषयमा बैठकमा केही सदस्यहरुले कुरा उठेको भए पनि आधिकारिक निष्कर्षमा पुगेर निर्णय भइनसकेको बताए ।
कुनै पनि पनि सरोकारवाला निकायसँग छलफल नगरी हतारमा गरिएको निर्णयका विषयमा कुनै पनि निकायलाई जानकारी नदिएको र आफूहरु तत्काल सहयोग गर्ने अवस्था नरहेको भन्ने प्रतिक्रिया पछि सरकार पछि हटेको हो ।
सरकारले यसअघि यातायात व्यवसायी महासंघ र स्वास्थ्य अधिकारीहरुसँग छलफल नै नगरी निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको थियो ।




प्रतिक्रिया