प्रधानमन्त्रीले प्रचण्डसँग भनेः स्वास्थ्य सामाग्री खरिद अनियमितताको छानबिन गर्छु !

प्रधानमन्त्रीले प्रचण्डसँग भनेः स्वास्थ्य सामाग्री खरिद अनियमितताको छानबिन गर्छु !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले छानविन गर्ने आश्वासन दिएको बताएका छन् ।

बिहीबार एक टेलिभिजनलार्य अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले खरिदमा कमी कमजोरी भएको भन्दै सच्याउन माग गरेका छन् ।

‘हाम्रो बैठकमा पनि यी विषयमा कुराकानी भए । प्रधानमन्त्रीले यसबीचमा जे जस्ता कमी कमजोरी भए तिनको छानविन गर्ने विश्वास दिलाउनु भएको छ’, प्रचण्डले भने, ‘म चाहन्छु कमी कमजोरी भएका छन् भने त्यसलाई खुलस्त रुपमा सच्याइयोस् ।’

अध्यक्ष प्रचण्डले कोरोना रोकथामका लागि उच्चस्तरिय संयन्त्र बनाउन सुझाव दिएका छन् ।

‘मैले यो कुरा प्रधानमन्त्री र पार्टीको सचिवालय बैठकमा पनि राखेको छु । सत्तापक्ष, प्रतिपक्ष र महत्वपूर्ण व्यक्ति रहेको संरचना नै बनाएर यसको मुकाबिला गर्नेतर्फ जानुपर्छ’, उनले भने ‘त्यस खालको संरचनाले जनतामा विश्वास पैदा गर्छ भन्ने लाग्छ । मैले प्रधानमन्त्री र राजनीतिक दलका नेतालाई यसतर्फ सोच्न आग्रह गरेको छु ।’

सरकारले गरेको लकडाउनको निर्णय उचित रहेको प्रचण्डले बताए।

उनले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल कम भएको विषय सचिवालय सदस्यहरुले राखेको बताए ।

प्रचण्डले प्रधानमन्त्रीसँग आफूले अनुकल समयमा छलफलका लागि निम्त्याउन आग्रह गरेको सो अन्तर्वार्तामा बताएका छन् ।

‘मैले खुलेर कुरा गर्न जरुरी ठानेको छु भनेर प्रधानमन्त्रीलाइ भनेको छु’, प्रचण्डले भने, ‘उहाँले पनि खुलेर कुरा गर्नुपर्ने मान्नु भएको छ ।’

उनले सचिवालय बैठकलाई आपसी तिक्तता बढाउने नचाहेको बताएका छन् ।

‘अहिलेको वर्तमान परिस्थितिमा सचिवालयको बैठक आवश्यक छ भनेर प्रधानमन्त्रीजीलाई विशेष आग्रह गरेको हो । विभिन्न खाले कुराहरु उठिरहेका छन् एक पटक समिक्षा गर्न जरुरी छ भनेको थिएँ । बैठकको अन्त्यमा प्रधानमन्त्रीजीले उर्जा दिएको महसुस भयो भन्नुभयो’, उनले भनेका छन् ।