लकडाउनले ट्रम्पको सम्पत्ति १ अर्ब डलर घट्यो

लकडाउनले ट्रम्पको सम्पत्ति १ अर्ब डलर घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोनाको कहरकाबीच जारी लकडाउनले विश्वभरीका धनी मानिसले ठूलो नोक्सानी बेहोर्नु परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति विगत १ महिनाको अवधिमा १ अर्ब डलरले घटेको छ ।

फोब्र्सद्वारा जारी बिलिनियर २०२० का अनुसार उनको कुल सम्पत्ति २.१ अर्ब डलर रहेको छ । यो सहित उनी अर्बपतिको सूचीमा १००१ औं स्थानमा रहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प एक ठूला रियल स्टेट व्यापारी हुन् । उनको कारोबार अमेरिकादेखि लिएर भारतसम्म विस्तार भएको छ ।

फोब्र्सका अनुसार १ मार्चदेखि २०२० को १८ मार्चसम्म उनको कम्पनी बोस्टन प्रपर्टिज तथा वोर्नाडो रियलिटी ट्रस्टको सेयरमा करिब ३७ प्रतिशतको गिरावट आएको छ । यो कोरोनाको प्रकोपका कारणनै भएको हो । उनको हस्पिटालिटी, अपार्टमेन्ट तथा गल्फ कारोबारमा पनि नोक्सानी भएको छ । एक महिना पहिलेको सम्पत्ति फोब्र्सका अनुसार एक महिना पहिले ७३ वर्षीय डोनाल्ड ट्रम्पको कुल नेटवर्थ ३.१ अर्ब डलर थियो ।

उनी २०१७ मा अमेरिकाको राष्ट्रपति भएपछि इतिहासकै पहिलो अर्बपति राष्ट्रपति भएका थिए । न्यूयोर्कको म्यानहटन क्षेत्रमा उनको करिब आधा दर्जन गगनचुम्बी भवन रहेका छन् । पितासँग सुरु गरेका थिए कारोबार उनले आफ्नो कारोबारको सुरुवात आफ्ना पिता फ्रेडसँग गरेका थिए ।

उनले ब्रुकलिन तथा किन्समा किफायती घर बनाएका थिए । अब उनका २ छोरा डोनाल्ड जुनियर एरिकले उनको कारोबार सम्हाल्दै आएका छन् । उनी पहिलो पटक १९८२ मा आफ्ना पितासँगै फोब्र्स ४०० को सूचीमा परेका थिए । उक्त समयमा बाबु–छोराको कुल सम्पत्ति २० करोड डलर थियो ।