एजेन्सी- अमेरिकामा कोरोना भाइरसको कहर यती धेरै बढेको छ कि यहाँ दैनिक मर्नेको संख्या हजार सम्म पुग्न थालेको छ । न्युयोर्क यसबाट सबैभन्दा बढी प्रभावित भएको छ । अवस्था यती सम्म बिग्रेको छ कि मर्नेहरुको शव गाड्ने ठाउँ समेत अभाव हुन थालेको छ ।
यसै कारणले यहाँ कोरोना संक्रमितका शव सुनसान स्थानमा एकैसाथ गाड्न थालिएको छ । यसैसँग सम्बन्धित एक भिडियो र तस्बिर सोशल मीडियामा भाइरल भइरहेको छ । यो तस्बिरमा कोरोना भाइरसबाट सर्वाधिक प्रभावित न्यूयोर्क शहरको अवस्था गम्भीर देखिएको छ ।
यो तस्बिर न्यूज एजेन्सी रोयटर्सको हो । जुन न्यूयोर्क शहरको हार्ट आइसल्यान्डको भएको बताइएको छ । जसमा शवहरुलाई एकैसाथ गाडिदै गरेको देखिएको छ । यो संख्या एक दुई नभएर सयौ वा हजारौमा रहेको छ । जेसीबीले खनेको खाडलमा पीपीई किट लगाएको शबलाई गाडिएको तस्बिरमा देखिएको छ । एक माथि अर्को गरि राखिएको शव कस्को हो भन्ने पनि पत्ता लगाउन मुश्किल परिरहेको छ ।
जुन टापुको बारेमा यहाँ कुरा गरिएको छ, त्यो न्यूयोर्कका मानिसको शव गाड्नका लागि पहिलेदेखिनै प्रयोग गरिदै आएको थियो । १९ औ सताब्दीमा जुन परिवारले मृतकको अन्तिम संस्कार गर्न पाउदैनथे उनीहरुको शब यहाँ ल्याएर गाड्ने गरिएको थियो । समाचारका अनुसार सुरुवातमा जेलका कैदीको २५ शव यहाँ गाडिएको थियो र यसपछि आंकडा बढ्न थाल्यो र तीव्र दरमा फैलिएको कोरोना भाइरसका कारण न्यूयोर्क यसको इपिसेन्टर बन्न थाल्यो । मृतकको संख्या बढ्न थालेपछि अवस्थालाई मध्यनजर गर्दै यहाँ नहर खनेर शव गाड्न थालिएको हो ।




प्रतिक्रिया