एजेन्सी – हाल पुरै विश्व कोरोनाको महामारीको संकटबाट गुज्रिरहेको छ । यो कठिन घडीमा कुनै अन्य चीजको बारेमा सोच्नु पनि मुश्किल हुन्छ । यो समयमा एक शहर यस्तो पनि छ जहाँ मानिसको बीच विवाह गर्ने होडनै मच्चिएको छ ।
यस किसिमको विवाहको गतिविधि उक्त शहरमा भएको छ, जहाँ कोरोनाको सुरुवात भएको थियो । चीनको वुहान शहरमा लगभग साढे २ महिनापछि लकडाउन खुलेको छ र मानिसहरुको जिन्दगी सामान्य बन्न थालेको छ । यो खुले लगत्तै यहाँ मानिसबीच विवाह गर्ने होडबाजीनै चलेको छ ।
कोरोना संक्रमणमा जीत हासिल गरेपछि वुहानको सडकमा पुरानो रौनक फर्किएको छ । यसैबीच विवाहका लागि अनलाईन वेबसाईटमा दर्ताको बाढीनै आएको छ ।
अनलाईन दर्तामा ३०० प्रतिशतसम्म वृद्धि भएको आधारमा यहाँ विवाहका लागि कत्तिको रौनक छाएको छ भन्ने अनुमान लगाउन सकिन्छ । चाइना पोस्टका अनुसार व्यापक दबाबका कारण केही समयका लागि विवाहको वेबसाइट क्र्यास भएको छ ।
चीनमा सर्वाधिक प्रयोग हुने पेमेन्ट प्लेटफर्म एलिपेले लकडाउन समाप्त भएपछि विवाहको दर्तामा व्यापक वृद्धि भएको जानकारी दिएको छ । यसै कारण केही साइटहरुले काम गर्न बन्द गरेका छन् ।
जुन शहरका कारण विश्वको रफ्तार रोकिएको छ सोही शहरमा आज पुरै रौनक छाएको छ । सबै ठाउँमा मानिसको भीड देखिएको छ र जीन्दगी पुरै सामान्य अवस्थामा फर्किएको छ । कयौ क्षेत्रमा वेडिङ शूट सुरु भइसकेको छ ।
यद्यपि मानिसहरुलाई सावधानी अपनाउनका लागि भनिएको छ । जोडीहरु फरक–फरक ठाउँमा गएर शूट गरिरहेका छन् ।




प्रतिक्रिया