कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, बेलायत दोस्रो

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, बेलायत दोस्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।

वल्डोमिटरका अनुसार संक्रमण सुरु भएदेखि हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ६७ पुगेको छ । त्यहाँ एकै दिन ३० हजार बिरामी थपिएका छन् ।

अमेरिकामा हिजो मात्रै १८ सय ३० जनाको मृत्यु भएको थियो । एकै दिनमा मृत्यु हुनेको संख्या अमेरिका पछि बेलायतमा बढी रहेको छ । बेलायतमा ९ सय १७ पुगेको छ । यहाँ मृत्यु हुनेको संख्या ९ हजार ८०० पुगेको छ । अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३९ हजार ८ सय ७९ छ ।

यो सँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ७९ हजार पुगेको छ । वल्डोमिटरका अनुसार कोरोना संक्रमणबाट १ लाख ८ हजार ७ सय ७० जनाको मृत्यु भइसकेको छ । यसैगरी ४ लाख २ हजार ६ सय ५९ जना उपचारपछि निको भएका छन् ।