एजेन्सी – बंगलादेश स्वतन्त्रताका लागि लडेका संस्थापक राष्ट्रपतिको हत्या दोषमा पूर्वसैन्य अधिकारी अब्दुल मजिदलाई मृत्युदण्ड दिइएको छ ।
बंगलादेश स्वतन्त्रताका नायक शेख मुजिबुर रहमानको हत्या अभियोगपछि २५ वर्षदेखि फरार उनलाई शनिबार फाँसी दिइएको बीबीसीले जनाऐको छ ।
गत मंगबार गिरफ्तार गरिएको उनले बंगलादेशका वर्तमान राष्ट्रपतिसमक्ष जीवन रक्षाका लागि अपिल गरेका थिए । तर त्यसलाई अस्वीकृत गर्दै राजधानी ढाकामा उनलाई मृत्युदण्ड दिइएको हो । रहमानको १९७५ मा हत्या भएको थियो ।




प्रतिक्रिया