क्राइसिस म्यानेजमेन्ट सेन्टरको कार्यप्रगती विवरण सार्वजनिक (पूर्णपाठसहित)

क्राइसिस म्यानेजमेन्ट सेन्टरको कार्यप्रगती विवरण सार्वजनिक (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध लड्न सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा क्राइसिस म्यानेजमेन्ट सेन्टर बनाएको छ ।

नेपाली सेनाको छाउनीस्थित ब्यारेकमा कार्यालय भएको सीसीएमसीले हालसम्म गरेका कामहरू आइतवार विज्ञप्तिमार्फत सार्वजनिक गरिएको थियो ।

विज्ञप्तिमा सरकारले हालसम्म गएको परीक्षणको संख्या, क्वारेन्टाइन र आइसोलेसनमा रहेकाको संख्यासमेत सार्वजनिक गरेको छ । देशभरका १३ स्थानबाट पिसिआर विधिबाट भइरहेको र आरटिडी सबै जिल्लामा सुरु हुने क्रममा रहेको जनाइएको छ ।

सेन्टरले अत्यावश्यक वस्तु ढुवानीमा सहज होस् भन्ने हेतुले राजमार्गका निश्चित ठाउँहरूमा खाजा खानाको बन्दोबस्त गर्न होटेल, रेस्टुरेन्ट खुलाउने पहल गरेको छ भने गाडीहरू सर्विसीङ गर्न आवश्यक मात्रामा ग्यारेजहरू पनि खोल्ने निर्णय गरेको छ ।

यस्ता छन् सेन्टरले गरेका काम