काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले चिकिसत्क, नर्स, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा सोमबार बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ग्लोबल कम्प्याक्ट नेपालको अनुरोधआफूलाई राम्रो लागेको बताएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’
"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020




प्रतिक्रिया