बेलायती प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

बेलायती प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज भएका छन् । भाइरसबाट संक्रमित भएसँगै उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनी अस्पताल भर्ना भएका थिए ।

बोरिसलाई तीन दिनसम्म आइसियुमा राखेर उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज गरिए पनि उनी लगत्तै काममा फर्किने भने छैनन् । प्रधानमन्त्री कार्यालयका अनुसार उनी अस्पतालबाट फर्केपछि आफ्नो कन्ट्री‌ रेसिडेन्समा आराम गर्नेछन् ।

कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई शनिवार आइसियुमा सारिएको थियो ।

भाइरसको लक्षणहरु बढ्दै गएसँगै उनलाई अप्रिल २ मा अस्पताल भर्ना गरिएको थियो । बोरिसले अस्पताल जानुभन्दा १० दिनअघि ट्वीटरमार्फत आफूमा भाइरसको संक्रमण देखिएको बताएका थिए । त्यसयता उनी घरबाटै सरकारी काम गरिरहेका थिए ।