एजेन्सी – कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या साढे२३ हजार नाघेको छ । यो संख्या विश्वका अन्य मुलुकको तुलनामा बढी भएको हो ।
अमेरिकामा विगत २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएपछि यहाँ मृत्यु हुनेको संख्या २३ हजार ६ सय १० पुगेको छ । वल्डोमिटरको आज विहानको तथ्यांक अनुसार त्यहाँ संक्रमितको संख्या ५ लाख ८६ हजार ३ सय ७७ छ ।
विगत २४ घण्टामा अमेरिकामा २६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै इटालीमा मृतकको संख्या २० हजार नाघेको छ । यहाँ विगत २४ घण्टामा ५ सय ८३ जनाको ज्यान गएको छ ।
इटालीमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको हो । इटालीमा संक्रमितको संख्या १ लाख ६० हजार छ । त्यस्तै स्पेनमा १७ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।
बेलायतमा पनि मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । यहाँ विगत २४ घण्टामा ७ सय १७ ले ज्यान गुमाएका छन् । विश्वमा मृतकको संख्या १ लाख १९ हजार ५ सय ८७ रहेको छ भने १९ लाख २३ हजार भन्दा बढी संक्रमित छन् ।




प्रतिक्रिया