एजेन्सी – भारतको महाराष्ट्र सरकारका आवास मन्त्री जितेन्द्र अह्वाडका १४ जना निजी ‘स्टाफ’लाई कोरोना संक्रमण भएको छ ।
मन्त्री जितेन्द्रले कोरोना संक्रमित एक जना स्टाफ एक व्यक्तिको सम्पर्कमा पुगेको र त्यसपछि कोरोना संक्रमण देखिएको बताएका छन् । त्यसपछि उनले आफैँ क्वारेन्टिनमा जाने निर्णय गरेको उल्लेख गरेका थिए ।
कोरोना संक्रमित हुनेहरुमा ५ जना उनको सुरक्षामा खटिएका प्रहरी छन् भने बाँकी ९ जना ‘पर्सनल सेक्रेटरी’ र घरमा काम गर्ने घरेलु कामदार रहेका छन् ।
आफ्ना स्टाफहरुमा कोरोना देखिएपछि मन्त्री पनि क्वारेन्टाइनमा बसेका छन् । भारतमा कोरोनाका कारण क्वारेन्टिनमा जाने उनी पहिलो मन्त्री हुन् ।
मन्त्री स्वयं क्वारेन्टिनमा जाने महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म त्यहाँ कोरोनाबाट १४९ जनाको ज्यान गएको छ, २ हजार ३३४ संक्रमित छन् । भारतमा कोरोनाबाट मंगलबार बिहानसम्म ३२४ जनाको मृत्यु भएको छ । भने ९ हजार ३५२ जना संक्रमित छन् ।




प्रतिक्रिया