एजेन्सी – भारतमा कोरोना भाइरसबाट २४ घण्टामा ३८ जनाले ज्यान गुमाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।
त्यस्तै भारतमा संक्रमित हुनेको संख्या पनि ११ हजार ४३९ पुगेको बीबीसीले उल्लेख गरेको छ । सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमित फेला परेका छन् ।
त्यहाँ २६८७ जना संक्रमित फेला परेका छन् भने १७८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दिल्लीमा १५६१ जना संक्रमित फेला परेका छन् ।
दिल्लीमा कोरोनाबाट ३० जनाको मृत्यु भएको छ भने गुजरातमा २८ जनाले ज्यान गुमाइ सकेका छन् ।




प्रतिक्रिया