भारतमा नयाँ लकडाउन निर्देशिका जारी, मोदीले दिए सात मन्त्र

भारतमा नयाँ लकडाउन निर्देशिका जारी, मोदीले दिए सात मन्त्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतले लकडाउन बढाएको दोस्रो दिन ३ मेसम्मका लागि नयाँ लकडाउन निर्देशिका सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका सम्बोधन गर्दै ३ मेसम्मका लागि लकडाउने बढाउने घोषणा गरेको थिए ।

नयाँ निर्देशिकाअनुसार २० अप्रिलपछि सम्पूर्ण कृषि र खेतिपातिका गतिविधि गर्न अनुमति दिइने भएको छ । त्यसैगरी अत्यावश्यक स्वास्थ्य सामग्री र आपतकालीन कामदारहरुलाई आवतजावत गराउने सवारीहरुलाई जान दिए पनि सार्वजनिक यातायात, विमान र रेल सेवा अवरुद्ध भने नियमित हुनेछन् ।

विद्यालय, विश्वविद्यालय, धार्मिक स्थलहरु र खेलकुद गतिविधिहरु पनि बन्द हुनेछन् । अस्पताल र स्वास्थ्य सेवा नियमित सञ्‍चालन हुनेछन् ।

त्यस्तै प्रधानमन्त्री मोदीले सात वटा सिद्धान्त पनि सार्वजनिक गरेका छन् । यस्ता छन् मोदीका सात सिद्धान्तः

१. वृद्ध अवस्थामा रहेका नागरिक र विशेषमा पूर्व रोगी व्यक्तिको थप सर्तकताका साथ ख्याल गर्नुपर्ने ।

२. नागरिकहरू सरकारले तोकेको लकडाउनको पालना कडाइ पूर्वक गर्नुपर्ने बताएका छन् यस अन्तर्गत सामाजिक दूरी कायम गर्ने र घरेलु स्तरमा बनेका मास्कको प्रयोग गर्ने ।

३. आयुर्वेद, योग र प्राकृतिक चिकित्सक, युनानी, सिद्ध र होमियोपैथी (आयुष) मन्त्रालय’ ले दिएको निर्देशन पालना गर्ने । योगा, उमालेको पानी खाने, कम्तीमा ३० मिनेट ध्यान गर्ने र खाना बनाउँदा बेसार, जिरा, धनियाँ, लसुनको पर्याप्त प्रयोग गर्ने ।

४. ‘आरोग्ज्ञा सेतु एप’ डाउनलोड गर्ने ।

५.गरिब र असहायलाई खाना र बस्नमा मद्दत गर्ने ।

६. उद्योग व्यवसायमा आर्थिक एवं अन्य प्रकारको क्षति आएको भए पनि कामदारलाई कामबाट टाढै राखेर तलबी खर्च दिने ।

७. कोरोना भाइरस रोकथामका लागि दिनरात खटिरहेका चिकित्सा, डाक्टर, स्वास्थकर्मी, सरसफाइमा लागेका कर्मचारी र प्रहरी प्रति सम्मान व्यक्त गर्नुपर्ने ।

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ११ हजार ४८७ पुगेको छ भने ३७८ जनाको मृत्यु भएको छ ।