काठमाडौं – नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनुदिन बढिरहेको छ । कोरोनाबाट मृत्यु भएमा शवको अन्त्येष्टी कसरी गर्ने भन्ने प्रावधान थिएन् । तर, सरकारले कोरोनाबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कार गर्नका लागि छुट्टै नियम बनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टि अन्य कारणले मृत्यु भएका मानिसको भन्दा भिन्नै तरिकाले गर्न कार्यविधि बनाएको छ ।
कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शववाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्नेछ । मृतकका परिवार वा आफन्तले १ मिटर परबाट मात्र शव हेर्न पाउने उल्लेख गरिएको छ ।
त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रूपमा पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई लगाउनुपर्नेछ ।
त्यस्तै शवलाई सकेसम्म चाँडो घाटमा पुर्याउनुपर्ने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा त्यस्ता मृतकको पोस्टमार्टम सामान्यतया गर्न नपर्ने र गर्नुपर्ने भए पनि सावधानी अपनाएर मात्रै गर्न कार्यविधिमा भनिएको छ ।





प्रतिक्रिया