अमेरिकाले डब्लुएचओलाई प्रत्येक बर्ष दिन्छ ५० करोड डलर, सहयोग रोक्ने निर्णयको विरोध

अमेरिकाले डब्लुएचओलाई प्रत्येक बर्ष दिन्छ ५० करोड डलर, सहयोग रोक्ने निर्णयको विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिंदै आएको सहयोग रोक्न निर्देशन दिएसंगै उनको आलोचना सुरु भएको छ ।राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई दिएको फण्ड रोक्न सरकारी अधिकारीलाई निर्देशन दिएका छन् ।

उनले चीनबाट कोरोना भाइरसको संक्रमण सुरु भएको भन्दै डब्लुएचओ स्थिती नियन्त्रण गर्न असफल रहेको असली अवस्था लुकाएको समेत आरोप लगाएका छन् ।

ट्रम्पले डब्लुएचओ चीनपरस्त भएको आरोप लगाउंदै आएका छन् । अमेरिकाले डब्लुएचओलाई प्रत्येक वर्ष ५० करोड डलर सहयोग गर्दै आएको छ । चीनले भने ४ करोड डलर मात्र सहयोग गर्दै आएको छ ।

ट्रम्पको उक्त घोषणापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले अहिले कुनै पनि मानवीय संस्थाको स्रोत साधन कटौती गर्ने समय नभएको बताएका छन् । उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सबैले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

गुथ्रेसले डब्लुएचओको बचाउ गर्दै महामारी रोक्न अन्तर्रा्ष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको धारणा राखे । अमेरिकी अर्बपति व्यापारी बिल गेट्सले संसार कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको बेला डब्लूएचओलाई प्रदान गर्दै आएको सहायता रोक्का गर्नुलाई खतरनाक कदमको संज्ञा दिएका छन् ।

उनले डब्लूएचओलाईलाई झन् बढी सहयोग आवश्यक रहेको भन्दै सहयोग रोकिए त्यसलाई अरु संस्थाले प्रतिस्पधान गर्न सक्ने खतरा रहेको चेतावनी दिएका छन् ।