लोकेन्द्र सेर्पाली ,गाेवा – विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड -१९) भाइरसका विरुद्ध भारत सरकारले गत २१ मार्च देखि ३ मेसम्म भारतभर लकडाउन गरेपछि लकडाउनको असर नेपाली मजदुरहरुलाई परेको छ । लकडाउन अगाडि घर हिडेका हजारौंको संख्यामा नेपालीहरु भारतको विभिन्न क्षेत्रमा अलपत्र परेका हुन् ।
अलपत्र नेपालीहरुलाइ प्रगतिशील नेपाली समाज भारतले राहत र उद्धार समेत गर्दै आइरहेको छ । अहिलेसम्म सो संगठनले भारतभर हजारौं संख्यामा उद्धारकार्य गरेको जनाएको छ । प्रगतिशील नेपाली समाजले भारत सरकारका निकाय स्थानीय सरकार भारतका विभिन्न राजनीतिक पार्टी नागरिक समाज पत्रकार भाइचारा संगठन खेलकुदकर्मी उद्योगी व्यवसायी विभिन्न सम्बन्धित व्यक्तित्वहरुसंग समन्वय गरि सो कार्यहरु गर्दै आएको छ ।
प्रगतिशील नेपाली समाजले अहिलेसम्म उद्धार गरेका स्थानहरु दिल्ली,पन्जाब,हरियाणा,राजस्थान,महाराष्ट्र,गोवा,केरला,कर्नाटक,जम्मु-कश्मि, मध्य प्रदेश,आसाम क्षेत्रमा गरेको प्रगतिशील नेपाली समाजका भारतका अध्यक्ष प्रकाश नेपालीले बताए । सो संगठनले प्रेस विज्ञप्ति जारी गरि अलपत्र नेपालीलाई उदार गर्न दिल्लीस्थिति नेपाली राजदूतावासको समेत ध्यान आर्कषण गराएको छ ।




प्रतिक्रिया