एलओडीले गर्‍यो सरकारलाई पीपीई र सर्वसाधारणलाई खाद्यान्न सहयोग

एलओडीले गर्‍यो सरकारलाई पीपीई र सर्वसाधारणलाई खाद्यान्न सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको लोकप्रिय नाइट क्लब, लर्ड अफ द ड्रिंक्स् (एलओडी)ले कोभिड–१९ विरुद्ध सरकारको तयारीलाई मद्दत गर्न विभिन्न जिल्लामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र काठमाडौं महानगरपालिका वडा नं २६ का विपन्न सर्वसाधारणलाई खाद्यान्न सहयोग गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत एलओडीले कञ्चनपुर जिल्लाका लागि ५० थान पीपीई सेट खानेपानीमन्त्री विणा मगरलाई र कैलाली जिल्लाका लागि ५० थान पीपीई सेट उद्योगमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेको हो ।

त्यसैगरी, एलओडीले काठमाडौं महानगरपालिका वडा नं २६ का सफाई कर्मचारीका लागि एक सय थान पीपीई सेट हस्तान्तरण गरेको छ । साथै, एलओडीले ठमेल क्षेत्रका करिब पाँच सय जनालाई खाद्यान्न प्याकेज वितरण गरेको छ । यी प्याकेजमा ५ केजी चामल, १ केजी दाल, १ केजी गेडागुडी, १ केजी आलु, १ केजी नुन र एक लिटर तेल समावेश छ ।

‘कोरोनाविरुद्ध सरकारको लडाइँमा थोरै सहयोग गर्न पाउँदा हामी हर्षित छौं । हामीलाई आशा छ हाम्रो यो सहयोगले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी र सफाइ कर्मचारीको सुरक्षामा मद्दत गर्नेछ,’ क्बल एलओडीका सञ्चालकमध्येका रविन श्रेष्ठले भने ।

कोभिड¬–१९ कोरोना भाइरसबाट हुने रोग हो जुन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम (सार्स) परिवारको सदस्य हो । यो भाइरस प्रत्यक्ष सम्पर्क, हाछ्युँ गर्दा र खोक्दा निस्कने कण र भाइरस भएको सतह छुँदा संक्रमित हुन्छ । यो रोगको रोकथामको लागि पटकपटक साबुनपानीले हात धुनुपर्छ भने खोक्दा वा हाँछ्यु गर्दा नाकमुख छोप्नुका साथै ज्वरो वा खोकी लागेका मानिसको सम्पर्कमा आउनु हुँदैन ।