काठमाडौं – लकडाउनका कारण काम गर्न नपाउँदा बिहान बेलुकी छाक टार्न समस्या भएका कामदार र विद्यार्थीलाई प्रतिमा हमालले खाद्यान्न सहयोग गरेकी छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्याला मजदुरीको काम गर्न नपाउँदा बिहान–बेलुकीको छाक टार्नै नसक्ने अवस्थामा पुगेका मजदुर र विद्यार्थीलाई प्रतिमा हमालले खाद्यान्न सहयोग गरेकी हुन् ।
हमालले भक्तपुरका इटा भट्टामा काम गर्ने मजदुर र काठमाडौंका विभिन्न ठाउंमा अलपत्र परेका कर्णली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग स्वरुप राहात वितरण गरेकी छन् । उनले आफ्नो व्यक्तिगत खर्चमा र विभिन्न ठाउंबाट सहयोग मागेर खाद्यान्न र ग्यास सहयोग गरेकी हुन् ।





प्रतिक्रिया