उत्तर कोरियाका शासक किम गम्भिर विरामी

उत्तर कोरियाका शासक किम गम्भिर विरामी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाका शासक किम जोंग उन गम्भिर रुपमा विरामी भएका छन् । उन जिवन र मृत्युसंग जुधिरहेको बताइएको छ । उत्तर कोरियाका शासक किमको कार्डियोवस्कलरको समस्या भएपछि उपचार चलिरहेको थियो ।

सिएनएनकाअनुसार उनको अपरेशनपछि अवस्था विग्रेको छ । अमेरिकी अधिकारीहरुले किम मृत्युसंग जुधिरहेकोे बताएका छन् । उनकाअनुसार पछिल्लो समय किमको अवस्था निकै खराब चलिरहेको थियो ।

उनी धेरै चुरोट पिउने र उनमा मोटोमनको समेत समस्या थियो । किम अन्तिम पटक ११ अप्रैलमा सार्वजनिक कार्यक्रममा देखिएका थिए । उनका हजुरवुवाको १५ अप्रैलको जन्मदिनमा पनि उनि देखिएका थिएनन् । उनको हयांगसान कस्बेस्थित एक विल्लामा उनको उपचार भइरहेको संचारमाध्यमहरुले जनाएका छन् ।