अमेरिकामा आप्रवासीलाई अस्थायी प्रतिबन्ध लाग्दै, डिभीधारी प्रभावित

अमेरिकामा आप्रवासीलाई अस्थायी प्रतिबन्ध लाग्दै, डिभीधारी प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन रोक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा आफूले हस्ताक्षर गर्न लागेको पनि बताए ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारीपछि अमेरिकी नागरिको जागिर जोगाउन आप्रवासीलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गर्न लागेको बताए ।

‘अदृश्य दुश्मनकोआक्रमक र हाम्रा महान अमेरिकी नागरिकहरूको जागिर जोगाउनुपर्ने आवश्यकताको आधारमा म संयुक्त राज्यमा आप्रवासीलाई अस्थायी रूपमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु’, उनले भनेका छन् ।

केही सातायता ट्रम्प प्रशासनले स्वास्थ्यको मुद्दालाई देखाएर अमेरिका प्रवेश गर्न चाहने शरणार्थी, कागजातविहीनहरूलाई रोक्ने कदम ठिक हुने भन्दै आएका थिए ।

ट्रम्पको पछिल्लो ट्वीटले उनी अमेरिकालाई बाँकी विश्वबाट अलग्याउन चाहन्छन् भन्ने देखिन्छ । स्रोतहरूका अनुसार केही दिनमै नयाँ ग्रिनकार्ड र कामदार भिसा दिनेको प्रावधान पनि रोकिनेछ ।