जेनेभा – कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
विश्वमा हाल संयुक्तराज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियम समेतका मुलुकमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा युरोपमा ११ लाख १९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
कोरोना संक्रमणको महादेशीय स्थिति
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
१. युरोप ११,१९,६७६ ३,२६,२४९ १,०४,५७९
२. उत्तर अमेरिका ८,५२,३०८ ८९,१६३ ४५,४७६
३. एसिया ३,९८,७२ ९ १,८७,०३६ १५,१६६
४. दक्षिण अमेरिका ८६,५९२ ३७,९४० ४,०८२
५. अफ्रिका २४,२०९ ६,४७१ १,१६४
६. ओसेनिया(अस्ट्रेलिया) ८,१८६ ५,७३० ८४
विश्वभर २४,९०,४२१ ६,५३,२३३ १,७०,५६६




प्रतिक्रिया