काठमाडौं – २४ जना कोरोना संक्रमित भेटिएपछि उदयपुर जिल्ला सील गर्ने प्रदेश नम्बर १ को सरकारले निर्णय गरेको छ।
प्रदेशको आन्तरिक सुरक्षा मन्त्रालयमा आज बसेको बैठकले उदयपुरलाई सील गर्ने निर्णय गरेको हो ।
प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले उदयपुरबाहिरबाट कसैलाई पनि भित्र प्रवेश गर्न नदिने र भित्रबाट कसैलाई बाहिर नस्किन नदिने निर्णय भएको जानकारी दिए ।
हालसम्म प्रदेश १ मा पिसिआरबाट ६७८ जनाको परीक्षण भएको छ । भने आरडिटीबाट ३०९७ जनाको परीक्षण गरिएको छ ।
त्यस्तै आइसोलेसनमा बस्नेको संख्या २७ रहेको छ भने क्वारेन्टाइनमा बस्नेको संख्या ९८२ जना रहेको छ । यो सहित नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ ।




प्रतिक्रिया