‘प्रि-मनसुन’ले विद्युत् व्यवस्थापन सहज

‘प्रि-मनसुन’ले विद्युत् व्यवस्थापन सहज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – यसपटक चाँडै प्रिमनसुन सक्रिय हुन थालेपछि नेपालले आन्तरिक उत्पादनका भरमा मात्र पनि विद्युत् वितरण प्रणाली व्यवस्थापन गर्नसक्ने भएको छ ।

एकातिर लकडाउन हुँदा मुलुकभर विद्युत्को आपूर्ति घट्दै जानु र अर्काेतिर प्रिमनसुन सुरु भई खोला नदीनालामा पानीको मात्रा बढ्ने स्थिति देखिएपछि नेपालले भारतबाट आयात गर्दै गरेको बिजुलीमा ठूलो मात्रा कटौती गरिसकेको छ । हाल कुलेखानी जलविद्युत् आयोजनामा पनि पानीको सञ्चिति पर्याप्त मात्रामा रहेको छ । गर्मी बढ्दै जाँदा हिमालको हिउँ पग्लने क्रम बढ्दै गएकाले हिमनदीमा पानीको मात्रा बढ्न सुरु भइसकेको छ ।

प्रिमनसुन सक्रिय हुँदा र हिउँ पग्लदै जाँदा विशेष गरी कालीगण्डकी, मस्र्याङ्दी, त्रिशूली, भोटेकोसी, चमेलियालगायतका जलविद्युत् गृहको उत्पादन २० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अनुमान नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।

प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईका अनुसार अहिले भारतबाट ठूलो मात्रामा बिजुली कटौती गरिएको छ । भारतबाट अहिले चौबीसै घण्टा २० मेगावाट मात्र बिजुली आयात गरिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन् ।