हाटबजारमा पैसा छरियो, अनुसन्धान गर्दै प्रहरी

हाटबजारमा पैसा छरियो, अनुसन्धान गर्दै प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कैलाली धनगढीस्थित त्रिनगर हाटबजारमा बुधबार बेवारिसे पैसा फेला परेको छ ।

हाटबजारमा ५० र १०० रुपैयाँका नोट फेला परेका हुन् । हाटबजारमा पाँचवटा ५० को र एउटा सयको नोट फेला परेको हो ।

त्यस्तै बाँके र बर्दियाको सिमाना बासगढि नगरपालिका ३ मानखोलामा पनि वेवारिसे पैसा फेला परेका छन् ।

इलाका प्रहरी बाँसगढी कार्यालयवाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सडक भन्दा अन्दाजी ५० मिटर दक्षिणतिरको स्थानमा एउटा सेतो बोरा भित्र १६,७२७ (सोह्र हजार सात सय सताइस ) रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीले सो सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।