भारत र चीनबाट औषधि सहयोग

भारत र चीनबाट औषधि सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – भारत र चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न औषधि सहयोग गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामग्री भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्नुभयो ।

भारत सरकारले नेपाल सरकारलाई २३ टन औषधि सहयोग गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्विट गरी सहयोगका लागि आभार व्यक्त गर्नुभएको हो ।

स्वास्थ्यमन्त्री ढकालले नेपाललाई भारतले स्वास्थ्य सामग्री सहयोग गरेर ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले दुई देश मिलेर कोरोना नियन्त्रण गर्नुपर्ने भन्दै कोरोना नियन्त्रणमा सबैको सहयोग हुनु आवश्यक रहेको बताउनुभयो । भारतीय राजदूत क्वात्राले अहिलेको सहयोग पहिलो चरणको भएको बताउनुभयो ।
उहाँले भारत सरकारले नेपाल सरकारलाई पुनः स्वास्थ्य सामग्री सहयोग गर्ने जानकारी दिनुभयो ।

उहाँले नेपाल र भारत दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताउनुभयो । उहाँले कोरोना महामारीमा एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोग गरी अघि बढ्नुपर्ने बताउनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।