चीनले चाहेको भए कोरोना विश्वमा फैलिने थिएनः राष्ट्रपति ट्रम्प

चीनले चाहेको भए कोरोना विश्वमा फैलिने थिएनः राष्ट्रपति ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई कोरोना भाइरस फैलाएको आरोप लगाएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनविरुद्ध आक्रोश पोखेका हुन् ।

उनले चीनतर्फ लक्षित गर्दै कोरोनाभाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई जिम्मेवार ठहर्‍याउन नसकिने दाबी गरे।

‘हामी चीनसँग खुशी छैनौं, कोरोनालाई चीनमै रोक्न सकिन्थ्यो, जहाँबाट यो फैलन शुरु भएको थियो,’ ट्रम्पले भने, ‘तुरुन्तै रोक्न सक्ने अवस्था थियो, चीनले यसो गरेको भए यो पुरै विश्वमा फैलन पाउँदैनथ्यो ।’

कोरोना भाइरसका कारण अमेरिकामा ५५ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी संक्रमित भएका छन् ।