मलाई राष्ट्रपति बन्नबाट रोक्न चीनले जे पनि गर्न सक्छ : अमेरिकी राष्ट्रपति ट्रम्प

मलाई राष्ट्रपति बन्नबाट रोक्न चीनले जे पनि गर्न सक्छ : अमेरिकी राष्ट्रपति ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऐजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई दोस्रो पटक राष्ट्रपति बनेको हेर्न नचाहेको आरोप लगाएका छन् । रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफुलाई राष्ट्रपति बन्नबाट रोक्न चीनले जे पनि गर्न सक्ने दावी गरे । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको विश्वव्यापी महामारीको लागी चीनमाथी आरोप लगाउंदै आएका छन् । तर,चीनले भने यो समय आरोप लगाउने बेला नभएको भन्दै विश्वले नै मिलेर सामना गर्नुपर्ने बताउंदै आएको छ ।

कोरोना भाइरसको कारण अमेरिकामा अहिलेसम्म ६० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । त्यसका साथै अमेरिकी अर्थतन्त्र समेत ओरालो लागेको छ । जसले गर्दा अमेरिकामो बेरोजगारी बढेको छ ।ट्रम्पले कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणको लागि चीनले चालेको प्रयास जे पनि गर्न सक्ने उदाहरण भएको बताए । उनले यो महामारी नियन्त्रणका लागी चीन सक्रिय बन्नुपर्ने धारणा व्यक्त गरे ।