सेनामा ६ उपरथीको सरुवा, सम्भारमा सिग्देल र उपत्यकामा अधिकारीलाई जिम्मेवारी

सेनामा ६ उपरथीको सरुवा, सम्भारमा सिग्देल र उपत्यकामा अधिकारीलाई जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाका ६ जना उपरथीको सरुवा भएकोे छ। सैनिक मुख्यालयको सिफारीसमा मन्त्रिपरिषद बैठकले ६ जना उपरथीको सरुवा गरेको हो । सरुवा हुने उपरथीहरुमा आनन्द अधिकारी, निरन्जन श्रेष्ठ,अशोक सिक्देल, शशिचन्द्रबहादुर सिंह, बालकृष्ण कार्की र सिताराम खड्का रहेका छन् ।

सेनाले उपरथी आनन्द अधिकारीलाई उपत्यका पृतनापति, श्रेष्ठलाई तालिम महानिर्देशनालय, सिक्देललाई संभाररथी विभाग प्रमुख, सिंहलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, र उपरथी खड्कालाई निरीक्षणाधिकृत प्रमुख बनाइएको छ ।

मध्यपश्चिम पृतनाका पृतनापति उपरथी सरोजप्रताप राणालाई भने एक वर्षभन्दा बढी समय भइसक्दा पनि सरुवा गरिएको छैन् । सेनामा सामान्यतया एक वर्षभन्दा बढी पृतनापतिको जिम्मेवारी दिने चलन नभएको भएपनि राणालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतनापतिको जिम्मेवारीमा नै राखिरहेका छन् ।