२० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए किम जोङ उन

२० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए किम जोङ उन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक भएका छन् । कोरियाली समाचार एजेन्सी योनापले दिएको खबर अनुसार शनिबार एक कार्याक्रममा उनी देखिएका हुन्। पश्चिमा मिडियाले गरेको मृत्युको प्रचारलाई फेरि झुट सावित गराउँदै उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएका हुन्।

प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्माण गरिएको एक रसायनिक मल उद्योगको निर्माण समापन कार्यक्रममा किम सहभागी भएको उत्तर कोरियाली मिडियालाई उद्धृत गर्दै योनापले जनाएको छ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीले जारी गरेको रिपोर्ट अनुसार मल उद्योगको रिबन काटेर किमले उद्घाटन गरेका थिए। उनले सुनचन फस्फोटिक मल उद्योगको उद्घाटन गरेलगत्तै उनको तस्बिर बाहिर आएको हो।

अप्रिल ११ मा कोरोना भाइरसविरुद्धको एउटा छलफलमा सहभागी भएपछि किम जोङ उन सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्। अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किमका हजुरबुबाको जन्मोत्सव समारोहमा सहभागीसमेत नभएपछि उनको स्वास्थ्य अवस्था बारे पश्चिमा मिडियाले खबरहरु सार्वजनिक गरेका थिए जसमा उनको मृत्युसम्मका जानकारी समेटिएका थिए। यसअघि पनि पटक पटक उनको मृत्युको खबर झुटो सावित भइसकेको छ।