नेपाली सेनाद्वारा हिमपहिरोमा हराएका थप दुई जनाको शव फेला

नेपाली सेनाद्वारा हिमपहिरोमा हराएका थप दुई जनाको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – अन्नपूर्ण आधारशिविरको पदयात्रा मार्गमा माघ ३ गते गएको हिमपहिरोमा हराएका मध्ये थप दुई जनाको शव फेला परेको छ।

एक जना नेपाली र एक जना कोरियन नागरिकको शव श्री पश्चिम पृतना हेडक्वाटरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले शुक्रबार फेला पारि आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रतिष्ठानमा ल्याएको छ ।

पछिल्लो पटक एक जना नेपाली र एक जना कोरियन नागरिकको शव शुक्रबार फेला परेसँगै सबै सातै जनालाई मृत फेला पारिएको नेपाली सेनाले जनाएको छ ।